फागुन
१४, काठमाडौँ । नेपालबाट ८५ लाख ६० हजार किलोग्राम अम्रिसो (कुचो) चालू आर्थिक
वर्ष २०७९/८० को ७ महिनाको अवधिमा निर्यात भएको छ । भन्सार विभागमा भएको
तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउन महिनादेखि माघ महिनासम्मको अवधिमा उक्त
परिमाणको अम्रिसो कुचो निर्यात भएको हो । यस
निर्यात बापत निर्यातकर्ताले ५४ करोड ६९ लाख ५४ हजार रुपैयाँ विदेशी रकम नेपाल
भित्र्याएका छन् । नेपालबाट निर्यात भएको सबै अम्रिसो कुचो भारततर्फ गएको
तथ्यांकले देखाएको छ।
गत
आर्थिक वर्ष २०७८/७९ को ७ महिनाको अवधिमा ३६ करोड ५६ लाख ७७ हजार रुपैयाँको
अम्रिसो निर्यात भएको भन्सार विभागमा भएको तथ्यांकले देखाएको छ । उक्त अवधिमा
नेपालबाट ७३ लाख ७४ हजार किलोग्राम अम्रिसो निर्यात भएको तथ्यांकले जनाएको छ ।
चालू
आर्थिक वर्षको ७ महिनामा गत वर्षको तुलनामा अम्रिसोको निर्यात बढेको देखिएको छ ।
गत वर्षको यही अवधिको तुलनामा १८ करोड रुपैयाँभन्दा धेरै रकमको अम्रिसो निर्यात
भएको भन्सार विभागमा भएको तथ्यांकले देखाएको छ ।