Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्राधिकरणको कारबाहीमा आठ इन्टरनेट सेवा प्रदायक कम्पनीहरू।

स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारबाही गरिएको हो।

  •   ४ वर्ष अघि | २१ फाल्गुन २०७९, आइतवार

फागुन २१, काठमाडौँ। ८ इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेको छ।प्राधिकरणले ग्राहकहरूलाई स्वीकृतिबिना नै सेवा प्रदान गरिरहेको भन्दै यी कम्पनीहरूलाई कारबाही गरेको हो।प्राधिकरणको कारबाहीमा भायानेट कम्युनिकेसन लिमिटेड, सुबिसु केबलनेट लिमिटेड, वेबसर्फर डिसमिडिया नेटवर्क लिमिटेड, नेपाल कम्युनिकेसन सिस्टम प्रालि, वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड, क्लासिक टेक प्रालि, र वाईफाई नेपाल प्रालि र सिजी कम्युनिकेसन लिमिटेड गरी ८ इन्टरनेट सेवा प्रदायक कम्पनीहरू परेका हुन्। 

प्राधिकरणबाट महशुलदर स्वीकृत नगराई कुनै पनि इन्टरनेट सेवा प्रदायकले सेवा दिन मिल्दैन। यो ऐन विपरित हुन्छ। प्राधिकरणले यसै विषयलाई केन्द्रित गर्दै पटक-पटक इन्टरनेट प्रदायकहरूका लागि पत्रचार समेत गरेको थियो।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले भने ‘उनीहरूलाई पटक-पटक विभिन्न माध्यमबाट अराजक कार्य नगर्न र ऐन विपरित कार्य नगर्न चेतावनी दिँदै आएको थियो, यस सम्‍बन्धमा स्पष्टीकरण समेत माग गरियो, स्पष्टीकरण चित्तबुझ्दो नभएपछि यी कम्पनीहरूलाई कारबाही गरिएको हो।  

  • न्युज बहार संवाददाता

थप