Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुनको मुल्यमा लगातार बृद्धी, आज कति छ?

  •   १ वर्ष अघि | १७ भदौ २०८२, मङ्लबार

भदौ १७, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य लगातार वृद्धि हुने क्रममा रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ।

महासंघले दिएको विवरणअनुसार, मंगलबार सुन प्रति तोला २,०५,९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रति तोला २,०५,३०० रुपैयाँमा कारोबार भएको थियो ।

यो मूल्य हालसम्मकै सबैभन्दा उच्च दर हो। अन्तर्राष्ट्रिय बजारमा सुनको माग वृद्धि भएकाले त्यसको असरले गर्दा स्थानीय बजारमा पनि मूल्य बढेको हो।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार प्रति तोला २,४७० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँले बढेर २,४८५ रुपैयाँ पुगेको छ।

  • न्युज बहार संवाददाता

थप