माघ २६, काठमाडौँ । क्यान इन्फोटेक मेला २०२३ राजधानीको भृकुटी मण्डपमा माघ २४ देखि सुरु भएको छ । सुरु भएको पछिल्ला दिन उक्त मेलामा मानिसहरूको सहभागिता बढ्दो छ। यस क्यान इन्फोटेक मेलामा नयाँ नयाँ प्रविधिसम्बन्धि सामाग्री र उत्पादन विशेष छुटका साथ बिक्रीमा राखिएका छन् ।
यस प्रदर्शनीमा नेपालमै निर्माण गरिएका सूचना र प्रविधि सगँ सम्बन्धित सफ्टवेयर, हार्डवेयर र नेटवर्कका सामागीहरु पनि मेलामा प्रर्दशनीको लागी र विक्रीको लागि राखिएका छन। यो मेला एक हप्तासम्म लाग्ने छ भने एकपटक प्रदर्शनी अवलोकन गर्न आयोजकले पक्षले आह्वान गरेको छ।