मंसिर २०,काठमाडौँ । व्यवसायीहरुले आलु र प्याजको व्यापारमा हड्ताल गरेका छन् भ्याट लगाएर सरकारले दुःख दिएको भन्दै व्यवसायीहरुले हड्ताल गरेका हुन । बजारमा व्यवसायीहरुको हड्तालका कारण प्याज र आलुको अभाव हुन सक्ने जोखिम बढेको छ ।
व्यवसायीहरुका अनुसार बजेटमा घोषणा हुँदा आयातीत आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोडेर दुःख दिइएको हो ।
आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले भ्याटका कारण कारोबार गर्नै नसक्ने अवस्था आएपछि आलु र प्याजको कारोबार गर्न नसकिएको बताए ।
- न्युज बहार संवाददाता