भदौ ४, काठमाडौँ । आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज सोमबार चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन र चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
- न्युज बहार संवाददाता