बैशाख १९,
काठमाडौँ। नेपाली बजारमा आज मंगलबार सुन र चाँदी दुबैको मूल्य घटेको छ।
सुनको मूल्य आज
पनि प्रतितोला दुई सय रुपैयाँले घटेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ महासंघले जनाएको छ।
- न्युज बहार संवाददाता