फागुन १, काठमाडौं । बालाजु क्षेत्रका आन्दोलनरत यातायात
मजदुरले ट्राफिक प्रहरीको नयाँ नियमविरुद्ध प्रदर्शनी गर्ने क्रममा प्रहरीको
भ्यानमा आगजनी गरेका छन् ।
बालाजुको
बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरेका हुन् । आन्दोलनरत
यातायात मजदुरले मुल सडकमै प्रहरीको एउटा गाडी जलाएका छन् भने अर्को एउटा गाडी
तोडफोड गरेर सडकमै लडाइदिएका छन् ।
प्रदर्शनकारीले
प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् । आज दिनभर यातायात मजदुरहरुले
ट्राफिक जरिवाना महँगो भएको र नयाँ पार्किङ क्षेत्र बानाइएको भन्दै बालाजु
क्षेत्रमा सडक बन्द गरेर आन्दोलन गरिरहेका छन् ।
बालाजु चोक, माछापोखरी, बसपार्क क्षेत्रमा उनीहरुले निजी सवारी
साधनसमेत चल्न दिएका छैनन् ।