असार ३१, काठमाडौँ। सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ।
आज राति १२ बजेदेखि लागू हुने गरी सरकारले स्वचालित प्रणाली सुरू गर्ने
निर्णय गरेको हो।
योसँगै एलपी
ग्यासमा सरकारले कुनै पनि मुनाफा नराख्ने पनि जनाएको छ। वाणिज्य सचिव मधुकुमार
मरासिनीले डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राख्ने जानकारी दिएका
छन।
उनले भने
'एलपी
ग्यासमा निगमलाई प्रति सिलिन्डर १० रूपैयाँ मुनाफा थियो। आम उपभोक्तालाई मध्येनजर
गर्दै यो घटाएका हौं।'
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको र स्वचालित प्रणाली अनुसार आज राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ र डिजेलमा प्रतिलिटर ४ रूपैयाँ घट्ने बताइएको छ।
त्यसैगरी एलपी ग्यासमा प्रतिसिलिण्डर १० रूपैयाँ घटाइएको छ।
- न्युज बहार संवाददाता