माघ
२८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आलोचनाको निशानामा परेकी छिन् । राष्ट्रपतिको
रूपमा दोस्रो कार्यकाल पूरा गरेर शीतलनिवासबाट बाहिरिने तयारी हुँदै गर्दा अहिले सर्वसाधारण
देखी सबैको आलोचनाको शिकार बनेरहेकी छिन। आफ्नो सवारीको समयमा आमजनताले दुःख नपाउन
भन्ने कुरामा राष्ट्रपति सचेत नबन्दा यतिबेला समाजिक सञ्जाल र आमसञ्चार माध्यममा
उनको आलोचना चुलिएको छ । राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसद्को दुवै सदनलाई सम्बोधनका
लागि नयाँ बानेश्वर आउने जाने क्रममा काठमाडौँ उपत्यकाको सवारी साधन प्रभावित भएको
थियो । सर्वसादारण जनताले आफ्नो गन्तव्य सम्म पुग्न सकस भइरहेको बेलामा भने वीर
अस्पताल अगाडि प्रहरी र डाक्टरको झडप समेत भएको थियो ।
राष्ट्रिय
ट्रमा सेन्टरका एक डाक्टरमाथि प्रहरीले लाठी बर्साएपछि अस्पतालका अरू डाक्टर समेत
सडकमा आएर प्रहरीसँग मुठभेड गर्दा सहरको सवारी आवागमन अझै प्रभावित हुन पुगेको
थियो ।
डाक्टर
जनिथलाल सिंहलाई शुक्रबार वीर अस्पताल अगाडि सडकमा राष्ट्रपतिको सवारीका बेला
साइकलमा हिँडेकोमा रोक्दै सवारीको बेला किन हिँडेको भनेर प्रहरीले कुटपिट गरेपछि
घाइते भएका उनी अस्पतालमा भर्ना भएका छन् ।
सवारीको
बेला चिकित्सक नै कुटिएपछि सामाजिक सञ्जालमा, आमसमुदाय, पत्रपत्रिकाहरु राष्ट्रपतिको सवारीलाई लिएर विरोध जनाइरहेका
छन। सामाजिक सञ्जाल ट्वीटरमा यो विषयले राम्रै स्थान पाईरहेको छ । धेरै
जसो ट्वीटर प्रयोग कर्ताले राष्ट्रपतिको
सवारीको समयमा भएको यो घटनाको विरोध गरेका छन भने केही केहीले बचाउ पनि गरेका छन ।
समग्रमा भन्नु पर्दा यो घटना र भीभीआईपीको सवारीलाई लिएर सबैतिर आलोचना उच्च
बिन्दुमा छ ।