फागुन ९, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबार तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको हो । हिजोको तुलनामा आज सुनको मुल्य प्रती तोला २०० रुपैयाँ घटेको हो ।
यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार तोलामा १२९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही १२९० मूल्यमा नै कारोबार भइरहेको महासंघले जनकारी दिएको छ । यता तेजावी सुन भने मंगलबार १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।