Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चाडबाड नजिकिदै गर्दा मसलाका रुपमा अत्यधिक खपत हुने जिराको मूल्य दोब्बर

  •   ३ वर्ष अघि | २३ भदौ २०८०, शनिबार

भदौ २३, काठमाडौँ । दशैंको आउनै लाग्दा र चाडबाडमा मसलाका रुपमा अत्यधिक खपत हुने जिराको मूल्य अहिले दोब्बरभन्दा बढी भएको छ । जिराको मूल्य गत वर्षको यही बेलाको तुलनामा १२७ प्रतिशतले बढेको हो ।

२०७९ माघ १ मा जिराको प्रतिकिलो मूल्य ५५० रुपैयाँ थियो । यो मूल्य त्यसयताको ७ महिनामा ३ पटक बढेर १२ सय ५० रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । २०७९ चैत मा जिरा प्रतिकिलो ७ सय रुपैयाँ थियो । वैशाखमा जिराको मूल्य प्रतिकिलो ८५० पुग्यो ।

जिराको बिक्री मूल्य अहिले होलसेलमा १२ सयदेखि १२ सय २५ रुपैयाँ प्रतिकिलो रहेको व्यवसायीहरुले बताएका छन । नेपाल खुद्रा व्यापार संघले भदौ महिनाका लागि जिराको थोक मूल्य १२ सय ५० रुपैयाँ तोकेको छ ।

  • न्युज बहार संवाददाता

थप