Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बिहीबारको खेलपछी त्रिवि क्रिकेट मैदानको फोहोर ‘वाइवाइ’ ग्रुप द्वारा सरसफाई।

खेलमा वाइवाइ तयारी चाउचाउ धेरै खपत।

  •   ४ वर्ष अघि | ४ चैत्र २०७९, शनिबार

चैत ४, काठमाडौँ। त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजित गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान पक्का गरेको थियो।

खेल हेर्न हजारौं दर्शक मैदानभित्र र बाहिर गरेर  उपस्थित थिए। उक्त रोमान्चक खेलमा नेपालको उत्पादन वाइवाइ तयारी चाउचाउ धेरै खपत भएको सिजी फुड्सले जनकारी दिएको छ।

वाइवाइले खेलका दौरान थुप्रिएको उक्त चाउचाउका खोल, पानीका बोतल लगायत अन्य फोहोर मैलालाई सकंलन गरेर त्रिवि क्रिकेट मैदान सफा गरेको छ।

'बनौं आदर्श नागरिक' भन्ने स्लोगनका साथ सामाजिक दायित्व निर्वाह गरेको र लामो समयदेखि सामाजिक क्रियाकलापहरू गर्दै आएको सिजी फुड्सले खेल मैदान र वरपर सरसफाइ गरेको बताएको छ।

  • न्युज बहार संवाददाता

थप