Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

फिरौतिको रकम लिन अपहरणमा परेको व्यक्तीनै गएपछी ।

नाटक थाहा पाएपछि सबैलाई प्रहरीले पक्राउ गरेको छ ।

  •   ४ वर्ष अघि | २५ माघ २०७९, बुधबार

माघ २५, काठमडौँ । प्रहरीले ६ जनालाई अपहरणको नाटक गरेको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापस्थित पिस ब्याम्बो रिसोर्टबाट स्थानीय कान्छामान जिम्बा, विदुर बस्नेत, चितवनका दिलिप विक, काभ्रेका जगतबहादुर भोलान, आशमान लामा, र सर्लाहीका भोला महतो नुनिया पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार कान्छामान जिम्बा, जगतबहादुर भोलान, र आशमान लामा अपहरणमा परेको खबर आएको थियो। उनीहरुले अपहरणमा नपरी अपहरण भएको भन्दै परिवारका सदस्यलाई खबर गरेका जानकारी राठौरले जानकारी दिए ।

उनीहरू तीनै जनाले आफ्नो आफ्नो परिवारलाई फोन गरी अपहरणमा परेको भनि बताएको थिए र आफूहरू अपहरणमा परेको र अपहरणबाट फुत्किन साढे तीन लाख बुझाउनु पर्ने र पैसा नबुझाए फुत्किन सम्भव नभएको बताएका थिए।

यसरी अपहरणमा परेको खबर पाएपछि परिवारले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जानकारी गराएका थिए । त्यसपछी पैसा पुर्‍याउन भनेर कान्छामानका ज्वाइँ र जगतबहादुरकी श्रीमती प्रहरीसँग कलंकीमा पुगेका थिए ।फिरौतिको पैसा लिन अपहरणकारी आउला भनेर प्रहरीले कुरेर बसेको थियो तर त्यहाँ अपहरण गर्ने व्यक्तिहरू कोही पनि आएनन्। बरू उल्टै मोटरसाइकल चढेर अपहरणमा परेको भनिएका जगतबहादुर नै आइपुगेका थिए।

एसपी राठौरले बताए “अपहरणमा परेकै व्यक्ति पैसा लिन आएपछि उनीमाथि थप सोधपुछ गरी अनुसन्धान अघि बढाएका थियौँ”। 

उनीमाथि सोधपुछ गरी प्रहरी त्यही रिसोर्टमा पुग्यो जहाँ अपहरणमा परेको भनिएका आशमान र कान्छामान सहित अन्य व्यक्तिहरू रक्सी खाएर बसेका थिए। उनीहरूको नाटक थाहा पाएपछि प्रहरीले सबैलाई एकै ठाउँबाट प्रकाउ गरेको एसपी राठौरले बताएका छन।

 

थप