चैत
१५, काठमाडौँ। प्रहरीले अनलाइनबाट ठगी गरेको आरोपमा १९ जनालाई पक्राउ गरेको छ। १९
जना मध्ये ९ जना चिनियाँ नागरिकसहित रहेका छन्।
बूढानिलकण्ठ
नगरपालिका ४ महादेवखोला र काठमाडौं महानगरपालिका ४ चण्डोल क्षेत्रबाट काठमाडौंका
विभिन्न ठाउँमा घर भाडामा लिई अनलाइनबाट ठगी गर्न संलग्न रहेको आरोपमा प्रहरीले १९
जनालाई पक्राउ गरेको हो।
उनीहरूले
ह्वाट्सएप लगायत अन्य सामाजिक सञजालबाट अनलाइन कक्षासमेत सञ्चालन गर्दै ठगी गरेका
थिए।
उनीहरूलाई
हिजो मंगलबार पक्राउ गरी आज सार्वजनिक गरिएको छ प्रहरीले बताएको छ।
काठमाडौं
उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन काठमाडौंले उनीहरूलाई ठगी कसुरअन्तर्गत
थप अनुसन्धान एवं कारबाही गरिरहेको छ।
उनीहरूको
साथबाट ७७ थान मोबाइल सेट, १२ थान
ल्यापटप, ७४ थान
सिम कार्ड, राउटर ४
थान, राहदानी ६ थान, २ थान
कम्प्युटर र पनि बरामद भएको छ।
साथै उनीहरूबाट
चार लाख १ हजार ८ सय ८० रुपैयाँ नगद पनि बरामद भएको छ।
- न्युज बहार संवाददाता