आज फागुन ८ गते सोमबार तद अनुसार फागुन कृष्ण
औँसी । आज सोमबारे औँसी पनि हो । आउनुस है त दिन शुरुवात गरम तपाईको आजको ज्यो.
प. नारायण प्रसाद दुलालको राशीफलबाट ।
मेष – सांस्कृतिक क्षेत्रमा रुचि
बढ्नेछ । आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नयाँ र शुभकार्यको
चर्चा चल्नेछ ।
वृष – आज रोकिएको धन हात पर्ला । अरुलाई
प्रभावित पारेर काम बन्नेछ । व्यापार भने सामान्य नै हुनेछ । न्यायिक कार्यमा सफलता
मिल्नेछ ।
मिथुन – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । आज रोकिएका
महत्त्वपूर्ण कामको थालनी हुनसक्छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
कर्कट –
सानो
तिना समस्यामा अल्झनुपर्नेछ । मालसामान हराउन सक्छ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि
नियन्त्रण गर्नु राम्रो हुनेछ ।
सिंह – आज पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । पारिवारिक
जमघटको वातावरण बन्ला ।
कन्या – महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबार भने कमजोर रहनसक्छ ।
तुला – आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।
वृश्चिक
– आज
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । , तर धार्मिक तथा रमाइलो
यात्राको योग पनि छ ।
सामान हराउने वा चोरी हुने
सम्भावना छ।
धनु – आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने अधुरो या नयाँ कार्यको थालनी पनि हुनेछ ।र धर्मकर्ममा मन जानेछ ।
मकर – राजनैतिक क्षेत्रमा सफलता
मिल्नेछ । आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । लाभदायक र फाइदा मूलक योजना
बनिनेछन् ।
कुम्भ –
भाग्यले
विभिन्न अवसर पनि जुराउनेछ । आज राजनैतिक तथा समाजसेवामा
मन लाग्नेछ । रमाइलो र यादगार यात्रा पनि हुनेछ ।
मिन – लगनशीलताको कमीले गर्दा ठूलो
उपलब्धि हात पार्न नसकिएला । आज सहकर्मीबाट विरोध आउन सक्छ साँझमा मन प्रसन्न
रहनेछ ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ
रहोस् शुभदिन ।