Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दसैँ सुरु भएसँगै शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड, आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

  •   २ वर्ष अघि | १९ असोज २०८१, शनिबार

असोज १९, काठमाडौँ । विभिन्न शक्तिपीठहरुमा दसैँ सुरु भएसँगै दर्शन गर्ने दर्शनार्थीहरुको भीड सुरु हुन थालेको छ । काठमाडौँ उपत्यका लयातत अन्य जिल्लाहरुको विभिन्न मन्दिर र शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड देखिएको छ । काठमाडौँ उपत्यकामा रहेको शोभा भगवती, भद्रकाली, मैतीदेवी,नरदेवी, दक्षिणकाली, नक्शाल भगवती, गुह्येश्वरी, कालिकास्थानमा भक्तजनहरुको भीड देखिएको हो ।

असोज १७ गतेदेखि सुरु भएको दसैँको आज तेस्रो दिन हो । आज दसैँको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरिन्छ । नौ दुर्गामध्येकी तेस्रो रुप चन्द्रघण्टा देवीको आज निष्ठाका साथ पूजा आराधना गरिँदैछ ।

  • न्युज बहार संवाददाता

थप