Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आजदेखी हिन्दुहरूको महान् पर्व विजया दशमी आरम्भ, आज पहिलो दिन घटस्थापना

  •   ३ वर्ष अघि | २८ असोज २०८०, आइतवार

असोज २८, काठमाडौँ । नवरात्रि अर्थात हिन्दुहरूको महान् पर्व विजया दशमी आजदेखी विधी  पुर्वक आरम्भ भएको छ । नवरात्री प्रारम्भ आजदेखि भएको छ । आज नवरात्रीको पहिलो दिन आश्विन शुक्ल प्रतिपदाको दिन, जसलाई घटस्थापना भन्ने गरिन्छ

घरघरमा नवरात्रीको पहिलो दिन आज घटस्थापना गर्ने गरिन्छ र यसैदिन देखी बडा दसैंसुरु भएको मानिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज घटस्थापनाका लागि बिहान ११ बजेर २९ मिनेटको साइत उत्तम रहेको छ।

समितिले यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने जनाएको छ।

बडा दसैं १५ दिन आश्विन शुक्ल पूर्णिमासम्म धूमधामका साथ मनाइन्छ।

बडा दसैँको आजको पहिलो दिन दसैंघरमा वा घरका पूजा कोठामा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गर्ने गरिन्छ।

आज घटस्थापना गर्नका निम्ती बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट माटो वा बालुवा ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने भनिन्छ । दुर्गा देवीको प्रिय वस्तु जौ अङ्कुर भएकाले आज जौ रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीकासँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।

दुर्गा देवीका तीनवटा रुप महासरस्वती, महालक्ष्मी र महाकालीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ। 

  • न्युज बहार संवाददाता

थप