Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक १८ गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | १८ कार्तिक २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल कार्तिक १८ गते, कार्तिक कृष्ण सप्तमी तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज प्रेममा बाधाका साथै मन कमजोर रहला, अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ। आत्मघाती काम गर्न पुग्नाले महत्त्वपूर्ण अवसर गुम्न सक्ला।

वृष – तपाइको आज शरीर स्वस्थ नै रहनाले रमणीय र सुखद् यात्राको योग रहेको छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र मान सम्मान पनि बढ्नेछ।

मिथुन - तपाईको आज चिताएको कामले तीव्रता लिनेछ, नयाँ ज्ञान सिक्ने मौका पाइएला। वैदेशिक कार्य अघि बढ्ने र काम गर्ने जोशजाँगर र उमंग पनि बढेर जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज दैनिक कार्यमा प्रगति होला, शुभकार्यको चर्चा हुनेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट होला। आँटेको र ताकेको कार्य पुरा होलान।

सिंह – तपाईको आज कार्य सम्पादनमा समस्या आउन सक्छ, अनावश्यक यात्रा होला। वैदेशिक क्षेत्र पनि कमजोर रहला।

कन्या - कन्या राशीका तपाईको आज आत्मबल बढाएर काम गरेमा सफल भइएला, स्वादिष्ट भोजन पाइने र बुद्धि विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिएला। वैदेशिक कार्य पनि सहजै होलान।

तुला - तपाइको आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ, चलाखीपूर्ण बोलीले कार्य सिद्ध होला। कीर्तिमानी काम गर्ने समय रहेको छ। राजनैतिक कार्यमा पनि सफलता पाइएला।

वृश्चिक – तपाईको आज नयाँ कामको थालनी होला, प्रेम जीवनमा सफलता पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। दिनको उत्तरार्धमा धन खर्च हुन सक्छ।

धनु – तपाइको आज स्वास्थ्यमा एक्कासि खराबी आउनेछ, समय मध्यम खालको रहेको छ। आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नहुन सक्छ।

मकर - मकर राशीका तपाइको आज मनमा उत्साह छाउने र बोली बिक्ने समय रहेको छ। पुरानो समस्या सुल्झाउन सक्नाले शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्ने देखिन्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज आत्मबल बढ्नाले र प्रेममा सम्बन्धमा माधुर्यता छाउला, नयाँ कार्यको योजना पनि बन्न सक्छ। नजिकको व्यक्तिबाट आँटेको काम सफल होला।

मिन – तपाइको आज शुभकार्यको चर्चा हुनेछ, नयाँ जिम्मेवारी पाइनेछ। घरमा अतिथिको आगमन हुने र साझेदारी तथा सट्टापट्टामा विशेष लाभ मिल्नेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।


  • न्युज बहार संवाददाता

थप