फागुन २, काठमाडौँ । आज फागुन २ गते माघ शुक्ल पञ्चमी तिथी अर्थात आज वसन्त पञ्चमी । आज सरस्वती पूजाका दिन देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ ।
सरस्वतीलाई विद्याकी देवी मानिने भएकाले विशेष गरी आज कलाकार, साहित्यकार, पत्रकार, शिक्षक र विद्यार्थीले आ–आफ्ना कला–साधनाका वस्तु कापी, कलम, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने गर्दछन । तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि सरस्वतीलाई तारादेवीका रूपमा पनि मान्ने गर्दछन ।
जनविश्वास
अनुसार आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ विश्वास
रहेको छ । अर्को तर्फ आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह
जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता रहेको छ । आजको
दिनदेखि बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।
- न्युज बहार संवाददाता