जेठ १७, काठमाडौँ । आज निर्जला एकादशी हिन्दु धर्म अनुसार आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्ने दिन। ज्येष्ठ शुक्ल एकादशीका दिन प्रत्येक वर्ष घरघरमा तुलसीको दल राख्ने प्रचलन रहेको छ। यस दिनलाई निर्जला एकादशी भनिन्छ ।
आज राखेको तुलसीको बीउ एक महिनापछि अर्थात आषाढ शुक्ल एकादशीका हरिशयनी एकादशीका दिन सार्ने गरिन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसिको लागी विशेष दिनका रुपमा लिइन्छ । यस समयलाई तुलसीको बिउ राख्ने, सार्ने, हुर्काई बढाई गोड्ने र दामोदरसँग विवाह गरिने समयका रुपमा पनि बुझिन्छ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले आज परेको निर्जला एकादशीमा पानी नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको जानकारी दिए।