बैशाख २६, काठमाडौँ । आज आफुलाई जन्म तथा
कर्म दुबै दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र
आदर व्यक्त गरी मातातीर्थ औँसी मनाइँदैछ । हरेक वर्ष वैशाख कृष्ण औँसीका दिनमा
मनाइने यस दिनलाई फरक फरक नामले मनाउने गरिन्छ । कोहीले यस पर्वलाईं ‘आमा खुवाउने’ त कोहीले औँसी ‘आमाको मुख हेर्ने दिन’ वा आमा औसी भनेर सम्बोधन गर्ने
गर्दछन ।
आजको दिन बिहान
सबेरै उठेर स्नान गरी आमालाई उपहार दिने,
आमालाई विभिन्न
मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रही आएको छ । यस दिन आमा
नभएकाहरुले भने आमाको श्राद्ध गर्दै सम्झना गर्ने गर्छन ।
आमालाई
सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्ने त होईन, तर हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र
सम्मान व्यक्त गर्ने विशेष दिन रहेको छ ।
- न्युज बहार संवाददाता