Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असार २१ गते बिहिबारको राशीफल।

  •   ३ वर्ष अघि | २१ असार २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल असार २१ गते, साउन कृष्ण तृतिया तिथी बिहिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज नयाँ जिम्मेवारी पाइने र शुभकार्यको चर्चा हुनेछ। मनमा उत्साहका साथै बोली बिक्ने र शेयर बजारको लगानीले पछि फाइदा पुर्याउने समय छ।

वृष - तपाईको आज रमणीय र सुखद् यात्राको, नयाँ ज्ञान सिक्ने, मनोरञ्जनमा सहभागी भइने र विपरीत वर्ग प्रति आकर्षण पनि बढ्ने योग छ।

मिथुन - तपाईको आज अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नसक्छ। वैदेशिक क्षेत्र कमजोर रहने र आफन्तको सहयोग मिल्ने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्ने, चिताएको कामले तीव्रता लिने, नयाँ कामको थालनी हुने र वैदेशिक कार्य पनि अघि बढेर जानेछ।

सिंह – तपाईको आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र शुभकार्यको चर्चा होला। आँटेको र ताकेको कार्य पुरा हुने र प्रेममा मधुरता छाउला।

कन्या - कन्या राशीका तपाईको आज बुद्धि र विवेकको प्रयोग गरेर आजको दिनलाई सकारात्मक बनाउने तथा वित्तिय संस्थाबाट सहयोग पाइने र स्वादिष्ट भोजन पनि पाइने समय छ।

तुला - तपाइको आज सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला, तर आत्मबल बढाएर काम गरेमा सफल भइएला।

वृश्चिक – तपाईको आज नयाँ कार्यको योजना बन्न सक्छ। धार्मिक यात्राको, नजिकको व्यक्तिबाट आँटेको काम सफल हुने र दैनिक कार्यमा प्रगति पनि हुने योग छ।

धनु – तपाइको आज शुभ चिन्तकहरूले पूर्ण समर्थन दिनेछन। घरमा अतिथिको आगमन होला। पुरानो समस्या सुल्झाउन सकिएला। सन्तान सुख पनि मिल्न सक्छ।

मकर - मकर राशीका तपाइको आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र दिनको उत्तरार्धमा अधिक धन खर्च हुने योग छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज शत्रुहरूको गतिविधिले आत्मबल घटाउला। अरुको हितका लागि गरिएको कामबाट लाभ लिन सकिदैन, राज्यपक्ष र सरकारी काममा विलम्ब होला।

मिन – तपाइको आज कीर्तिमानी काम गर्ने, चलाखीपूर्ण बोलीले कार्य बन्ने, राजनैतिक कार्यमा सफलता मिल्ने र शेयर बजारको लगानीले फाइदा दिने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

 

  • न्युज बहार संवाददाता

थप