बैशाख २२, काठमाडौँ । आज देशभर उभौली पर्व मनाइँदै
छ। किराँत राई समुदायले प्रत्येक वर्षको बैशाख शुक्ल पूर्णिमाका दिन मनाउने उभौली
पर्व भूमेस्थानमा पूजा आराधना गरी मनाइँने गरिन्छ।
उभौली पर्वका दिन गाउँगाउँमा रहेका भूमेस्थानमा बाली लगाउनुअघि राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ।
पहिले पहिले गर्मी बढे सगैँ किराँत राई समुदायका मानिसहरु बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको मान्यता छ ।
किराँत समुदायको आज बैशाख शुक्ल पूर्णिमाका दिन देखि चराचुरुङ्गीहरु र जङ्गली जनावर पनि उँभो लाग्ने विश्वास रहेको छ।
किराँत राई समुदायकाहरुले यो पर्व धुमधामका साथ मनाउने प्रचलन छ र उनिहरुको यो एक महत्त्वपूर्ण पर्व हो ।
- न्युज बहार संवाददाता