Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज छठ पर्वको मुख्य दिन, सार्वजनिक बिदा

  •   २ वर्ष अघि | २२ कार्तिक २०८१, बिहिबार

कात्तिक २२, काठमाडौँ । आज छठ पर्वको मुख्य दिन हो । सूर्यको उपासना गरी मनाइने छठ पर्वमा आज व्रतालुले साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने कार्य हुन्छ ।

साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुने गरेको छ ।

छठ पर्वका लागि काठमाडौँ महानगरपालिकाका वडा नम्बर ८ को गौरीघाट, वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर १३ को धौखेल खोला, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर ३२ को कोटेश्वर दोभानमा, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारामा छठघाट निर्माण गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

सरकारले छठको मुख्य दिन आज देशभर सार्वजनिक बिदा समेत दिएको छ ।

  • न्युज बहार संवाददाता

थप