Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कुशे औंसी तथा बुबाको मुख हेर्ने दिन, काठमाडौँको गोकर्णेश्वरमा भिड

  •   ३ वर्ष अघि | २८ भदौ २०८०, बिहिबार

भदौ २८, काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज मनाइदैँछ। आजको दिन मनावर्षभरि पितृकार्य तथा देवकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याइने प्रचलन रहेको छ ।

शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने  जानकारी दिएका छन ।

त्यसैगरी आज बुबाको मुख हेर्ने तथा पृतीसम्मान दिवस पनि हो। परम्पराअनुसार छोराछोरीले यसै अवसरमा आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने चलन पनि छ। बुबा नहुनेहरुले भने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा पिण्डदान, तर्पण तथा श्राद्ध गरी सिदा दान गर्ने गर्दछन ।

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आजको दिनमा विशेष मेला लाग्ने गर्दछ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिने गरिन्छ । आजको दिनमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गरेको छ ।

देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा पितृतृप्तीको कामनाले आउने गरेका छन ।

थप