शुभ बिहानी, आज २०८० साल बैशाख १ गते बैशाख कृष्ण नवमी तिथी शुक्रबार। आज नयाँ वर्ष, सबैमा नयाँ वर्षको शुभकामना। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको लागी आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र आफन्तको सहयोग प्राप्त हुने समय छ। व्यापारमा वृद्धि होला, र सामाजिक
प्रतिष्ठा पनि मिल्ला।
वृष– तपाईको आजको यात्रा सफल
हुनेछन्। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिएला। अरुलाई प्रभावित पारेर
काम बन्नु का साथै वाहन सुख पनि मिल्न सक्छ।
मिथुन – तपाईले आज आफूलाई कमजोर भएको अनुभूति गर्नुपर्नेछ।
खर्चिलो यात्रा हुनसक्छ। शत्रुपक्ष पनि सबल रहने भएकाले सजग रहनु राम्रो होला।
कर्कट - कर्कट राशी हुनेहरुको आज निर्णय
कार्यान्वयन हुन नसक्नाले आत्मबलमा कमी आउने र मनमा दुबिधा उत्पन्न हुने, बुद्धिले
काम नगर्ने हुनसक्छ सचेत रहनु होला।
सिंह –तपाईको आज चिताएको
कामले तीव्रता लिने योग छ। वित्तिय संस्थाबाट पनि सहयोग मिल्ने र चलाखीपूर्ण
बोलीले काम सफल हुने देखिन्छ। शुभ समाचार सुन्न पाइएला।
कन्या – आज कन्या राशीका तपाइको धर्मकर्ममा मन जानेछ। धैर्य एवं
लगनशीलताले विभिन्न अवसर मिल्न सक्छ। पराक्रम बढ्नुका साथै पारिवारिक सुखमा बृद्धि
होला।
तुला –
आज तपाइको मनमा दुबिधा उत्पन्न हुनसक्छ। मानसिक चिन्ता बढ्ने र
मालसामान हराउन सक्ने देखिन्छ, नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ।
वृश्चिक – तपाईको आज धर्मकर्म तथा समाज
सेवामा मन जानेछ। चिताएको कामले तीव्रता लिनुका साथै व्यापार व्यवसायबाट पनि विशेष
लाभ हुने योग छ।
धनु – तपाइको आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहने छ, साथै
सामाजिक पदप्रतिष्ठा प्राप्त हुने समय छ। विश्वास गरेकाले साथ पनि दिइरहनेछन।
मकर - मकर राशीका तपाईको आज लाभहानी, आयव्यय, सुखदुःख
बराबरी खालको समय हुनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ
मिल्ने देखिन्छ।
कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज स्वादिष्ट भोजनको योग रहेको छ। प्रेममा मधुरता आउनु का साथै वैदेशिक
क्षेत्रको काम अघि बढेर जाला भने आत्मबल बढाएर काम गरेमा सफल भइएला।
मिन – आज तपाईको सामाजिक कार्यमा रुचि बढ्ने
छ भने यात्राको योग पनि रहेको छ। साथी भाइको भेटघाटले मन प्रफुल्ल हुनेछ।
प्राविधिक कार्य पनि सफल र पूरा हुने देखिन्छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता