बैशाख
१०, काठमाडौँ। आज अक्षय तृतीया तिथि रहेको छ।
यस दिन
गरिएको जप-तप, होम, दानको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने
भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।
आजको
दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिने गरिन्छ । आजको तिथिबाटै सत्य युग
सुरुवात भएको थियो भने आजकै दिनबाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको मन्यता
रहेको छ ।
आज वैशाख शुक्ल तृतीयाका दिन हर्ष उल्लासका साथ नेपाल, भारतलगायतका हिन्दु धर्मावलम्बीहरूले जौको सातु खाएर वा दान दक्षिणा दिएर यो पर्व मनाउने गर्दछन ।
आजका दिन माटो, तामा वा पित्तलको घडामा सर्बत राखेर ब्राह्मणलाई दान गर्ने र आँफु पनि खाने प्रचलन छ । जौ को सातु र सर्वतले शरिरमा शितलता प्रदान गर्ने विश्वासका साथ यस्तो कार्य गरिन्छ । साथै यस दिन अर्थात अक्षय तृतियाको दिन सुन वा गरगहनाबाट बनेका नयाँ वस्तुको किनमेल गर्नुलाई समेत निकै शुभ मानिन्छ ।
- न्युज बहार संवाददाता