Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज चैत्र १५ गते बुधबारको राशीफल।

  •   ४ वर्ष अघि | १५ चैत्र २०७९, बुधबार

शुभ बिहानी, चैत्र १५ गते चैत शुक्ल अष्टमी तिथी बुधबार। आज चैते दशैँ। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको आज धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुने समय छ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम होला। रोकिएका काम पुनः सुरु हुन सक्नेछन्।

वृष – आज तपाईको वाणीमा कुशलता आउने दिन रहेको छ। करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भने यात्रा गर्ने अवसर पनि मिल्नेछ।

मिथुन – तपाईको आज नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना रहेको छ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि मिल्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुलाई आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्ने योग छ। आम्दानीमा पनि कमी आउन सक्छ।

सिंह –तपाईको आज कसै कसैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउने योग छ। परोपकारका क्षेत्रमा लगानीको समय रहेको छ। हर्ष र प्रसन्नता पनि छाउला।

कन्या –   आज कन्या राशीका तपइहरुलाई बोलीवचन एवं प्रवचनभाषण आदिमा प्रशंसा मिल्नेय योग छ। परोपकारी कार्यमा संलग्न भइएला। रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि रहेको छ।

तुला – आज तपाइको भाग्यले तपाईलाई साथ दिनेछ। काम देखाएर अरूको मन जित्न सकिएला। परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइने समय छ।

वृश्चिक - आज तपाईको इज्जत प्रतिष्ठामा दाग लाग्न सक्नेछ  ख्याल राख्नुहोला। आफन्तसँग खिन्नता बढ्न सक्नेछ। सामाजिक काममा व्यस्त हुने समय रहेको छ।

धनु – आज तपाइले परिणाममुखी जिम्मेवारी वहन गर्ने समय रहेको छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा मिल्नेछ। परोपकारी कार्यमा संलग्न भइने समय छ।

मकर - मकर राशीका तपाईको आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुने समय छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता मिल्नेछ।

कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ। शेयर बजारबाट लाभ हुनेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त होला।

मिन – तपाईको आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन। आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्ने समय छ। पुनर्मिलनको योग पनि रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप