शुभ बिहानी, चैत्र ११ गते चैत शुक्ल चतुर्थी तिथी शनिबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि हुनेहरुको आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने समय रहेको छ। इच्छा र आकाङ्क्षा पुरा होला। आफन्तको प्रगतिमा मन रमाउनेछ भने शुभारम्भको चर्चा पनि चल्नेछ।
वृष – आज तपाईको मनमा निराशा र शरीरमा आलस्य आउन सक्छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने समय छ विवाद पनि बढ्नेछ, तर साँझको समयमा राम्रो खबर पाइनेछ।
मिथुन – तपाईलाई आजको दिन भाग्यशाली भएर देखा पर्नेछ। महिला
वर्गबाट विशेष सहयोग मिल्ने र शिक्षामा सफलता मिल्ने योग छ। शेयर बजारले पनि साथ
दिन सक्छ।
कर्कट - कर्कट राशी हुनेहरुलाई आज दाम,
इनाम र प्रतिष्ठा कमाउने समय छ। कुटुम्बको
सहयोग मिल्ने र घरमा अतिथिको आगमन होला, राजनैतिक कार्यमा सफलता पनि मिल्नेछ।
सिंह –तपाईको आज सभा समारोहमा
सहभागि भई मिठो मसिने भोजन लिने अवसर आउने छ। स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ, बढी सचेत रहनु आवश्यक हुनेछ।
कन्या – आज कन्या राशीका तपइहरुको घर व्यवहारमा झमेला हुन सक्छ। नयाँ
योजना कार्यान्वयनमा ल्याउन मुस्किल हुनेछ। स्वास्थ्यमा खराबी आउला। आर्थिक
कारोबारमा पनि मन्दी आउनेछ।
तुला –
आज तपाइको लगनशीलताले
कामहरू अगाडि बढ्ने समय छ। दाम्पत्य जीवन सुखमय होला विद्या र बुद्धिको विकास
हुनेछ। दिनको उत्तरार्ध अधिक सुखद् रहला।
वृश्चिक - आज
तपाईको लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने समय रहेको छ। वैदेशिक
कार्यबाट बढी लाभ र सफलता मिल्नेछ।
धनु – तपाइको आज कुनै कुराले मनमा शान्ति छाउनेछ। विशिष्ट
व्यक्तिको साथ पनि पाइनेछ। छोटो दुरीको तर लाभदायक यात्रा हुन सक्छ। शुभकार्यको
चर्चा पनि चल्नेछ।
मकर - मकर राशीका तपाईको आज लाभहानी, आयव्यय, सुखदुःख
बराबरी मध्यम खालको दिन रहने छ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर
काम गरेमा सफल भइएला।
कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने योग छ। दैनिक कार्यमा सफलता मिल्नेछ।
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ।
मिन – तपाईको आज दैनिक कार्यमा प्रगति
हुनेछ। समाजिक कार्यमा मन जानसक्छ। कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ।
वैदेशिक क्षेत्रबाट सफलता हुनेछ। ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता