Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बैशाख १२ गते मंगलबारको राशीफल।

  •   ४ वर्ष अघि | १२ बैशाख २०८०, मङ्लबार

शुभ बिहानी,आज २०८० साल बैशाख १२ गते बैशाख शुक्ल पञ्चमी तिथी मंगलबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज धर्म कर्म र सामाजिक कार्यमा मन जाने र साहित्यिक क्षेत्रमा रूचि बढ्ने योग छ। काम देखाएर अरूको मन लोभ्याउन सक्नुहोला।

वृष - तपाईको आज इच्छा र आकाङ्क्षा पूर्ण होलान। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नसक्छन। लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने समय छ।

मिथुन - तपाईको आज नयाँ र शुभ कार्यको योजना बन्ला। आँटेको र ताकेको कार्य पुरा हुनेछ। एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज विद्यामा ह्रास होला। झुटा आरोप आइपर्दा समस्या आउनसक्छ। सौन्दर्यतामा खर्च पनि हुने र  सफल यात्राको योग रहेको छ ।

सिंह - तपाईको आज साथी भाइसँगको भेटघाटले मन प्रफुल्ल हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला। धार्मिक यात्राको योगलाई नकार्न सकिदैन।

कन्या - कन्या राशीका तपाइलाई सहयोगी हातहरू अघि आउलान। आफन्तको प्रगतिमा मन रमाउने र व्यापार व्यवसायमा फाइदा हुनेछ। पुनर्मिलनको योग छ।

तुला - आज तपाइको कुनै न कुनै माध्यमबाट आफन्तसँग भेटघाट होला। आम्दानी बढाउने काम सुचारू गर्न समय छ। राजनैतिक कार्यमा सफलता मिल्ने योग छ।

वृश्चिक - तपाईलाई अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढेर जानेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो आउनेछ। योजना गोप्य राखेर अघि बढ्दा राम्रो होला।

धनु - तपाइको आज जोशजाँगर र खुसी बढ्नेछ। धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ भने प्रियपात्रबाट सहयोग पनि मिल्न सक्छ।

मकर - मकर राशीका तपाईको आज अतिथिको रूपमा सत्कार पाउनुहोला। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनसक्छ। कृषि कार्यका कमहरू सम्पन्न होला।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आजक शुभ समाचार सुन्न पाइएला। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ, स्वादिष्ट परिकारले समेत प्रतीक्षा गरेको हुनेछ।

मिन - तपाईको आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुने योग छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। शैक्षिक क्षेत्र पनि कमजोर रहला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप