Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा भक्तजनको भिड

  •   ३ वर्ष अघि | ६ कार्तिक २०८०, सोमवार

कार्तिक ६, काठमाडौँ । वर्षमा एकपटक मात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज महानवमीका दिन मात्र खुला गरिएको छ ।

आज बिहानैदेखि महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरु लामबद्ध भएका भएर बसेका छन ।

नेवार समुदायले तलेजु भवानीलाई आफ्नो इष्ट देवताको रुपमा पुज्ने गर्दछन् । दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिने तलेजुलाई ‘तुलजा’ पनि भन्ने गरेको पाइन्छ ।

फूलपातीकै दिन तलेजु भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो भने अब भोली अर्थात तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मूल मन्दिरमा फर्काइने गरिन्छ ।

  • न्युज बहार संवाददाता

थप