Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बडा दसैँको तेस्रो दिन चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

  •   ३ वर्ष अघि | ३० असोज २०८०, मङ्लबार

असोज ३०, काठमाडौँ । आज बडा दसैँको तेस्रो दिन नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा अनुसार हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टा रहन गएको भन्ने गरिएको छ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाका अनुसार चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको बताएका छन ।

वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको बताउँछन ।

चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं करुणामयी हुने गरेको छ । चन्द्रघण्टा देवीको गीत सङ्गीत क्षेत्रमा लागेकाले विशेष आराधना गर्दछन् । 

  • न्युज बहार संवाददाता

थप