भदौ ४, काठमाडौँ । आज नेपाली परम्पराअनुसार नागपञ्चमी पर्व नागको पूजा गरी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन यो पर्व को मनाइने प्रचलन छ ।
साउनमा यसवर्ष अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।
नागको पूजा आराधना गरी नागको चित्र घरको मूल ढोका माथी टाँस्दा वर्षभर घरमा सर्प, नाग र बिच्छीलगायतका जीवले दुःख नदिने नज विश्वास रहेको छ । साथै धार्मिक विश्वास अनुसार यसो गर्नाले मेघ, चट्याङ र अग्निको भयबाट पनि बच्न सकिन्छ भन्ने गरिन्छ ।
आजको दिन घरमा नाग टाँसि सकेपछी एक दिनलाई खेतबारीमा खनजोत गर्न नहुने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्न नहुने भन्ने मान्यता पनि रही आएको छ ।
आज नागपञ्चमीको दिन काठमाडौँको टौदह र नागपोखरी, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका कुण्ड, नागदह र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो लाग्ने गरेको छ । नागको पूजा गरी अक्षता, गाईको दूध, दुबो, खीर र रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने परम्परा छ ।
- न्युज बहार संवाददाता