Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पशुपतिमा महादीपदान, भोली शतबीज छरिने

  •   ३ वर्ष अघि | २४ मंसिर २०८०, आइतवार

मंसिर २४, काठमाडौँ । आज बेलुकी अर्थात प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन साँझ दिवङ्गत पितृका नाममा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व सुरु हुँदैछ । देशभरका शिवालयहरु लगायत पशुपतिनाथ मन्दिरमा आज राति अर्थात् बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा महादीपदान बालेर त्यसदिपलाई त्यो रातभरी निभ्न नदिई कुरेर बस्ने चलन रहेको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा बालाचतुर्दशीका अवसरमा दीप प्रज्ज्वलनदेखि मुख्य क्षेत्रमा शतबीज छर्ने सम्पुर्ण व्यवस्था मिलाएको जानकारी दिएको छ ।

बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए ।

खतिवडाका अनुसार मृतकका आफन्तजनले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन रातभर महादीप बाली भजनकीर्तन र लोकझाँकी प्रस्तुत गरी रात बिताउने गर्ने परम्परा रहेको छ ।  मृतक परिवारभित्र सदस्यले दिवङ्ग आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, सूर्यघाट, कैलाश, गुह्येश्वरी, गौरीघाट, आर्यघाट, मृगस्थली, पशुपति, किरातेश्वर र विश्वरूप आदि ठाउँमा शतबीज छर्ने गरेका छन । 

  • न्युज बहार संवाददाता

थप