Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ नामक पुस्तक विमोचन

  •   २ वर्ष अघि | १९ फाल्गुन २०८१, सोमवार

फागुन १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको जिवनमा आधारित पुस्तक केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ नामक पुस्तक विमोचन गरिएको छ।

आज सोमबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुस्तक विमोचन गरेकी हुन्।

यस पुस्तकलाई पत्रकार गणेश पाण्डेले सम्पादन गरेका थिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यस पुस्तकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेका नेतृत्वदायी पहललाई केन्द्रमा राखेर सो पुस्तक तयार पारिएको हो ।

उक्त पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वका लेख–रचनासमेत समावेश गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप