असोज २०,
धनुषा । असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज समापन
गरिदैँछ । हिन्दू पात्रोअनुसार बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा भएको
हो ।
ज्यातिषशास्त्र
अनुसार महिलाले सन्तानको समृद्धि र दीर्घायुका लागि जितिया व्रत बस्ने गर्दछ । सन्तान
प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट यो व्रतले जोगाउँछ भन्ने विश्वास गरिन्छ ।
जितियालाई जीवितपुत्रिका व्रत पनि भन्ने गरिन्छ ।
- न्युज बहार संवाददाता