Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक २२ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | २२ कार्तिक २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल कार्तिक २२ गते, कार्तिक कृष्ण दशमी तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज दानपुण्यका कार्यमा सहभागी पनि भइएला, रोकिएको काम दोहोर्याएर गर्दा फाइदा होला। साथीभाइबाट बढी फाइदा लिने समय रहेको छ।

वृष – तपाइको आज विपक्षीको छलकपटबाट सावधान रहनुपर्ने समय छ, काममा केही प्रतिस्पर्धा र चुनौतीको सामना गर्नुपर्ने र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउन सक्छ।

मिथुन - तपाईको आज शुभकार्यको चर्चा हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन जाने तथा सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने र रोकिएको धन पनि हात पर्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला, रोकिएका काम पुनः सुरु हुन सक्लान। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ।

सिंह – तपाईको आज साथीभाइबाट सहयोग प्राप्त होला। वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाट सफलता मिल्दै जाने र वैदेशिक यात्रा तय गर्न सकिने समय छ।

कन्या - कन्या राशीका तपाईको आज आज गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । तुला - तपाइको आज आलस्य उत्पन्न भै दैनिक कार्यहरू पनि ओझेलमा पर्न सक्नेछ। नयाँ व्यक्ति र मन पर्ने व्यक्तिसँग भेटघाट होला, व्यापारमा मनग्ये धनलाभ हुनसक्छ। श्रमको उचित मूल्याङ्कन पनि होला।

वृश्चिक – तपाईको आज प्रेम सम्बन्ध कसिलो होला, विपरीत वर्ग प्रति आकर्षण र वैदेशिक क्षेत्रको काम अघि बढेर जानेछ। रचनात्मक काममा जुट्ने समय रहेको छ।

धनु – तपाइको आज वैदेशिक कार्य र विद्यामा सफलता मिल्ने, कर्म प्रेमीहरूका लागि दिन बढी फलदायी रहला र उन्नति एवं प्रगतिको वातावरण बन्ने देखिन्छ।

मकर - मकर राशीका तपाइको आज शिक्षामा राम्रो नतिजा आउला, दिनको सुरुमा केही कठिन परिस्थितिको सामना गर्नुपर्नेछ, मध्य दिनपछि रोकिएका अधुरा कार्यले पूर्णता पाउलान।

कुम्भ - कुम्भ राशीका तपाइको आज शुभयात्राको योजना बन्ने र नयाँ काम सुरु गर्ने समय रहेको छ। विशिष्ट व्यक्तिको साथ पाइने तथा राजनैतिक र समाजसेवामा सफलता पनि मिल्नेछ।

मिन – तपाइको आज प्रयत्न गरे फाइदा लिन सकिएला, विद्या र बुद्धिको विकास होला। पार्टी तथा सेमिनारमा सहभागी भइने र परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप