Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक २८ गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | २८ कार्तिक २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल कार्तिक २८ गते, कार्तिक शुक्ल प्रतिपदा तिथी मंगलबार । आज तिहारको चौथो दिन गोवर्धन पुजा, म्हः पुजा। आजबाट नेपाल सम्वत ११४४ प्रसम्भ । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा लिनेछन। परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइएला। चिताएको काम रोकिनेछ।

वृष – तपाइको आज व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्ने र धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आफन्तको सहयोग प्राप्त होला।

मिथुन - तपाईको आज धैर्य एवं लगनशीलताले अवसर प्राप्त होला, पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ला। विश्वास गरेकाले साथ दिनेछन्।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज अधुरा कार्यहरू पुरा हुनेछन, सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त होला। प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम रहला।

सिंह – तपाईको आज मनमा चिन्ता र दुबिधा उत्पन्न पनि हुनाले आफूलाई कमजोर भएको अनुभूति होला। आत्मबल बढाएर काम गरेमा सफल भइएला।

कन्या - कन्या राशीका तपाईको आज साँझमा पैसा खर्च हुने योग रहेको छ, स्थान परिवर्तनका साथै रोकिएको धन हात पर्नसक्ने र मनोरञ्जनमा सहभागी भइने विशेष योग देखिएका छन।

तुला - तपाइको आज नयाँ तथा शुभ समाचार सुन्न पाइनेछ, धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहने र सामाजिक पदप्रतिष्ठा प्राप्त हुनेछ।

वृश्चिक – तपाईको आज शुभ समाचार सुन्नमा आउनेछ, चिताएको कामले तीव्रता लिने र वित्तिय संस्थाबाट सहयोग प्राप्त हुने तथा चलाखीपूर्ण बोलीले कार्य सिद्ध होला।

धनु – तपाइको आज मानसिक चिन्ता बढ्नेछ। गरेका कार्यमा अवरोध र ढिलासुस्ती होला। यात्रामा मालसामान हराएता पनि साँझमा भने शुभ समाचार सुन्न पाइनेछ।

मकर - मकर राशीका तपाइको आज सोचेका काम पूरा होलान, सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि रहेको छ। साथी भाइको भेटघाटले मन प्रफुल्ल हनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित हुनेछ, स्वादिष्ट भोजन पाइने र वैदेशिक क्षेत्रको काम अघि बढ्ने समय छ।

मिन – तपाइको आज धर्म, कर्म तथा समाज सेवामा मन जानेछ, लगनशीलताले कामहरू सहजै अगाडि बढ्ने र चिताएको कामले तीव्रता लिनेछन।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।


  • न्युज बहार संवाददाता

थप