Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक १४ गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | १४ कार्तिक २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल कार्तिक १४ गते, कार्तिक कृष्ण तृतिया तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज ढिलै भए पनि अधुरा काम सम्पन्न होलान, रमणीय र सुखद् यात्राको, राज्यबाट मान सम्मान पाइने र दाम्पत्य जीवनमा मधुरता छाउने योग छ।

वृष – तपाइको आज सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन, बोलीको प्रभाव र राजनैतिक चिन्तन बढेर जानेछ। नयाँ कमको थालनी होला।

मिथुन - तपाईको आज जोशजाँगरमा पनि कमी आउन सक्नेछ समय मध्यम खालको रहेको छ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्ला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज अध्ययन अध्यापन सफल रहला, ठीक समयमा सही निर्णय लिन सकिएला। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग रहेको छ।

सिंह – तपाईको आज स्वादिष्ट भोजनका साथै नाम, दाम र प्रतिष्ठा प्राप्त हुनेछ। परोपकारका क्षेत्रमा लगानीको समय रहेको छ। मान्यजनको सहयोग प्राप्त होला।

कन्या - कन्या राशीका तपाईको आज आत्मविश्वास जाग्नाले कार्य सम्पादनमा सहजता मिल्ने देखिन्छ। रोकिएका काम सम्पादन र साथीभाइहरूसँग भेटघाट होला।

तुला - तपाइको आज यात्रामा सावधानी अपनाउनु र अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्नेछ।

वृश्चिक – तपाईको आज विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिएला, धार्मिक कार्य सफल होलान। आर्थिक क्षेत्रमा राम्रो सफलता पाइएला।

धनु – तपाइको आज आफ्नो विचार योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्नु होला, आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्नेछ।

मकर - मकर राशीका तपाइको आज पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा देला, नयाँ कामका विभिन्न अवसर फेला पर्ने र श्रमको उचित मूल्याङ्कन होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज साँझमा केही शुभ समाचार सुन्नमा आउनेछ, कसैले झुटो आश्वासन दिन सक्लान। सहयोगी र नातागोताको साथ पनि नमिल्न सक्छ।

मिन – तपाइको आज विश्वास गरेकाले साथ र लाभ दिने,  अधुरो काम र वैदेशिक क्षेत्रको काम र लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप