Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक ९ गते बिहिबारको राशीफल

  •   ३ वर्ष अघि | ९ कार्तिक २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल कार्तिक ९ गते, असोज शुक्ल द्वादशी तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज साँझमा रमाइलो यात्रा हुन सक्नेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिएको छ। सरकारी निकायबाट सहयोग पाइएला।

वृष – तपाइको आज मानसिक चिन्ता बढ्नेछ, भने श्रमको उचित मूल्याङ्कन पनि हुनेछ, नसोचेको ठाउँबाट धनागम हुने र आफन्तको प्रगतिले मन रमाउनेछ।

मिथुन - तपाईको आज सफल यात्रा होला, मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनसक्छ। चिताएको कामले तीव्रता लिने र पुनर्मिलनको योग पनि छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ने र मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनसक्छ।

सिंह – तपाईको आज आज आर्थिक अवस्था ठिकै रहला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल जुनसक्छ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढेर जानेछ।

कन्या - कन्या राशीका तपाईको आज आर्थिक अवस्था ठिकै रहला, नयाँ कार्यको योजना बन्ने र कुनै कुराले शान्ति भने छाउनेछ, नजिकको व्यक्तिबाट र सरकारी निकायबाट सहयोग पाइनसक्छ।

तुला - तपाइले आज आँटेको र ताकेको कार्य पूरा होलान, दाम, इनाम र प्रतिष्ठा कमाउने, शुभकार्यको चर्चा चल्ने, पारिवारिक सद्भाव बढ्ने बेला छ।

वृश्चिक – तपाईको आज पारिवारिक वातावरण सुमधुर रहला, नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने र विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ।

धनु – तपाइको आज आफ्नो स्वास्थ्यमा ध्यान दिनु होला, यात्रामा बिघ्नबाधा आइलाग्न सक्छ, खानामा गडबडी हुनेछ भने व्यवसायमा आर्थिक मन्दी आउन सक्छ।

मकर - मकर राशीका तपाइको आज प्रेमीको सहयोग पाइनेछ, मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। कार्यक्षेत्रमा प्रगति हुनाले वैदेशिक क्षेत्रबाट सफलता मिल्न सक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज कार्य सम्पादनमा सहजता होला, शुभकार्यको चर्चा हुनेछ। विद्या र बुद्धिको विकास हुने तथा विशिष्ट व्यक्तिको सहयोग पाइएला।

मिन – तपाइको आज सौन्दर्यतामा धन खर्च हुनेछ भने जोशजाँगर बढ्ने, भौतिक साधन जुटाउने र वित्तिय संस्थाबाट सहयोग पाइने समय छ । ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप