शुभ बिहानी, आज चैत्र ४ गते चैत कृष्ण एकादशी तिथी शनिबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको आज प्रेम र मित्रताको
बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेको छ। आफ्नो अधिकार प्राप्तिका
लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने देखिन्छ।
वृष – तपाईको आज व्यवसायको
सन्दर्भमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव हुनेछ। लगनशीलताले कामहरू
अगाडि बढ्ने योग छ। साथीभाइसँग समय बित्नेछ।
मिथुन – आज तपाईलाइ
तपाईंको सहकर्मीबाट विरोध आउनाले गलत निर्णय
लिन पुगिनेछ। चोटपटकको भय छ सचेत रहनुहोला र यात्रामा मालसामान पनि हराउन सक्ने
देखिन्छ।
कर्कट - कर्कट राशी हुनेहरुको आज एकपछि
अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ भने यात्रा लाभदायक
रहनुका साथै पदप्रतिष्ठा प्राप्त हुने योग छ।
सिंह –तपाईको आज विपरीत वर्ग
प्रति आकर्षण बढ्नेछ र राजनैतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम पनि
अघि बढ्नेछ भने सांगीतिक क्षेत्रमा रुचि बढेर जाला।
कन्या – आज कन्या राशीका तपइहरुको धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछ।
महिला वर्गबाट विशेष सहयोग मिल्नेछ र शिक्षामा पनि सफलता मिल्ने योग छ।
महत्त्वपूर्ण कामको थालनी होला।
तुला –
तपाइको आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने छ।
सरकारी निकायको भय रहिरहने छ। स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ भने आफु सजग रहनु
उचित हुने देखिन्छ।
वृश्चिक - आज
मनलाई नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। रोकिएको धन पनि हात पर्ला। धर्मकर्म तथा
समाजसेवामा मन लाग्नेछ र आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
धनु – तपाइको आज शुभकार्यको चर्चा चल्नेछ। रमणीय र सुखद् यात्राको
योग रहेको छ। पार्टी तथा सेमिनारमा सहभागी भइने समय छ। प्रयास गरे फाइदा लिन
सकिनेछ।
मकर - आज मकर राशीका तपाइको बिनाप्रतिस्पर्धा
फाइदा हुने योग रहेको छ। नसोचेको ठाउँबाट धन लाभ हुनेछ। मनोरञ्जनमा सहभागिता भइने
छ। आर्थिक कारोबारमा सफलता मिल्ला।
कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ। नजिकका व्यक्तिबाट धोका पाइन
सक्छ, सचेत रहनुहोला। मान्यजनको सुझाव अप्रिय पनि लाग्न सक्छ।
मिन - तपाईलाई
कुनै कुराले मनमा शान्ति छाउनेछ। घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने योग छ।
पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि रहेको छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता