शुभ बिहानी, आज २०८० साल असोज १० गते, भदौ शुक्ल त्रयोदशी तिथी बुधबार । आज विश्व पर्यटन दिवस । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज मित्रसँग
मीठो भेटघाट होला, शुभअशुभ समाचार सुन्नपर्नेछ। लाभहानी, आयव्यय, सुखदु:ख
बराबरी मध्यम खालको दिन रहेको छ।
वृष – तपाइको आज नयाँ नयाँ ज्ञान सिक्ने मौका पाइएला, दाम, इनाम र प्रतिष्ठा कमाउने र व्यापार व्यवसायमा फाइदा हुने
तथा वाहन सुख मिल्ने समय छ।
मिथुन - तपाईको आज सामाजिक कार्यमा पनि मन जानाले बन्धुबान्धवबाट
सहयोग पाइएला। मित्रबाट विशेष सहयोग मिल्नेछ भने साहित्यिक क्षेत्रमा पनि रुची बढेर
जानेछ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज दिनको
उत्तरार्ध सुखद् रहला, अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिन सक्छ। मनोरञ्जन
तिर लाग्नाले अवसर गुम्न सक्छ।
सिंह – तपाईको आज
नयाँ कामको थालनी होला, कुनै समाचारले मनमा शान्ति छाउने र अरुलाई प्रभावित पारेर
काम बन्ने तथा प्रेमीको सहयोग पाइन सकिएला।
कन्या - कन्या राशीका तपाईको आज वैदेशिक कार्य पनि अघि बढ्ला। बन्धु बान्धवबाट
सहयोग पाइएला। साङ्गीतिक क्षेत्रमा रुचि बढ्ने र नयाँ वस्त्र या अलङ्कारको
प्राप्ति हुनसक्छ।
तुला - तपाइको आज भेटघाट र
मनोरञ्जनमा सहभागि भइएला। नयाँ र शुभकार्यको चर्चा हुनेछ। सामाजिक क्षेत्रमा
प्रभुत्व जमाउन पनि सकिएला।
वृश्चिक – तपाईको आज सन्तान तथा परिवारमा मेलमिलाप राम्रै होला। बेसुरमा
वचन दिने बानीले अप्ठ्यारो पान सक्छ, शैक्षिक पक्ष कमजोर रहला।
धनु – तपाइको आज प्रेम र दाम्पत्य जीवन पनि सुखमय रहला। दाम, इनाम र प्रतिष्ठा कमाउने र सामाजिक, धार्मिक
कार्यबाट सन्तोष मिल्ने समय छ।
मकर - मकर राशीका तपाइको आज आर्थिक
पक्ष र शेयर बजारबाट राम्रै सफलता मिल्ला, प्रिय व्यक्तिसँग भेटघाट हुने र धैर्य
गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्ला।
कुम्भ - कुम्भ
राशीका तपाइको आज स्वास्थ्य प्रति
सजगता अपनाउनु होला, आत्मिक सन्तुष्टि मिल्ने र विद्यामा सफलता पाइनेछ। धनार्जनका
नयाँ स्रोतहरू पत्ता लाग्लान।
मिन –
तपाइको आज साँझमा
मन प्रसन्न रहने र वैदेशिक कार्य राम्रो होला, प्रेममा मनमुटावका साथै मन कमजोर पनि
हुनसक्छ। सामान हराउने वा चोरी हुने भय रहेको छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता