Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज कार्तिक १० गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | १० कार्तिक २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल कार्तिक १० गते, असोज शुक्ल त्रयोदशी तिथी शुक्रबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज मनमा दुबिधा उत्पन्न हुनाले गलत आचरणतर्फ आकर्षित भइएला, निर्णय कार्यान्वयन हुन नसक्नाले आत्मबलमा कमी आउला।

वृष  तपाइको आज नयाँ योजना पनि अघि बढ्नेछ भने विपरित वर्गबाट विशेष सहयोग पाइएला। पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने समय छ।

मिथुन - तपाईको आज अरुलाई प्रभावित पारेर काम बन्नेछ भने श्रमको उचित मूल्याङ्कन होला मिष्ठान्न भोजनको अवसर पाइएला। सामाजिक कार्यमा रुचि बढेर जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज पढाइमा प्रगति होला, शुभकार्यको चर्चा चल्नेछ, आँटेको र ताकेको कार्य पुरा हुनेछन। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव दिनेछ।

सिंह तपाईको आज परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका हुने, नयाँ कार्यको योजना बन्ने र नजिकको मित्रसँग भेटघाट हुने योग रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज आज आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । ।

तुला - तपाइको आज लगानीमा रहेको रकम फिर्ता आउनेछ लाभहानी, आयव्यय, सुखदु:ख बराबरी खालको समय रहेको छ। धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा समेत प्राप्त होला।

वृश्चिक  तपाईलाई आज सेयरबजारका कारोबारबाट लाभ हुनेछ, घुमफिर र भ्रमणमा दिन बित्ने र ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध होलान।

धनु  तपाइको आज सरकारी निकायको भय रहनाले मन भावुक र उत्ताउलो हुनसक्छ। अनावश्यक ठाउँमा धन खर्च होला। जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ।

मकर - मकर राशीका तपाइको आज आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित होला, प्रतिस्पर्धा वा परीक्षामा सफलता पाइनेछ। दैनिक कार्यमा प्रगति होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज जोशजाँगर र हिम्मत बढेर जानेछ, एउटै कामबाट दोहोरो लाभ लिन सकिएला। बन्धु बान्धवबाट सहयोग पाइएला। सामाजिक कार्यमा सफलता होला।

मिन – तपाइको आज आयका नयाँनयाँ स्रोतहरू प्राप्त होलान, रोकिएका काम पुनः सुरु हुनेछ। जोशजाँगर र उमङ्ग बढ्ने तथा आम्दानीका मार्ग पनि बढ्ने छन्।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप