Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक १५ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | १५ कार्तिक २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल कार्तिक १५ गते, कार्तिक कृष्ण चतुर्थि तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज वैदेशिक कार्य अघि बढ्ने र रोकिएका काम पुनः सुरु हुने छन। जोशजाँगर र उमङ्ग बढेर जानेछ। शुभकार्यको चर्चा हुनेछ।

वृष – तपाइको आज आकस्मिक यात्राको अवसर आउने र यात्राबाट लाभ पनि मिल्ने देखिन्छ। आँटेको र ताकेको कार्य पुरा होलान। शुभकार्यको चर्चा हुनेछ।

मिथुन - तपाईको आज आफ्नो बुद्धिले काम नगर्न सक्नेछ त्यसैले सचेत रहनु पर्ने देखिन्छ। अनावश्यक ठाउँमा धन खर्च हुने र निर्णय कार्यान्वयन नहुन सक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज नजिकको मित्रसँग भेटघाट होला, कुनै समाचारले मनमा शान्ति छाउने र नयाँ कार्यको योजना बन्नेछ। प्रेमीको सहयोग पनि पाइएला।

सिंह – तपाईको आज आफन्तको प्रगतिमा मन रमाउँला, नयाँ कार्य वा रोजगारको अवसर पाइएला। नयाँ कामको थालनी हुनुका साथै मान प्रतिष्ठामा वृद्धि हुनेछ।

कन्या - कन्या राशीका तपाईको आज सेयरबजारमा रुचि बढेर जानेछ, नयाँ कामको थालनी होला। राजनैतिक कार्यमा सफलता मिल्नुका साथै बन्धु बान्धवबाट सहयोग पाइएला।

तुला - तपाइको आज लगानी गर्नु पनि उपलब्धीमूलक नहुन सक्छ, अचानक विविध समस्या देखा पर्ने र नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर् सक्छ।

वृश्चिक – तपाईको आज विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ, सेयरबजार र बन्दव्यापारमा फाइदा र प्रसिद्धि र सम्मानमा वृद्धि होला।

धनु – तपाइको आज वैदेशिक कार्य पनि राम्रो हुनेछ, विपरित वर्गबाट विशेष सहयोग पाइने, जोशजाँगर र हिम्मत बढ्ने र बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ।

मकर - मकर राशीका तपाइको आज मिष्ठान्न भोजनको अवसर पाइनेछ। धार्मिक कार्यमा रुचि बढ्न सक्छ। अरुलाई प्रभावित पारेर काम बन्ने र श्रमको उचित मूल्याङ्कन पनि हुनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज ज्ञानमा वृद्धि पनि हुने र आयव्यय, सुखदुःख बराबरी खालको समय रहेको छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्न सक्छ।

मिन – तपाइको आज प्रेम सम्बन्ध कसिलो हुनुका साथै कुनै कुराले मनमा शान्ति छाउन सक्छ। गरेका कामबाट राम्रै लाभ होला। धर्मकर्ममा मन जानेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप