शुभ बिहानी, आज २०८० साल असोज २४ गते, असोज कृष्ण द्वादशी तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज रमणीय र
सुखद् यात्रा हुन
सक्छ, दैनिक कार्यहरूमा प्रगति हुँदै जाला। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने तथा जोशजाँगर र हिम्मत
बढ्ने योग छ।
वृष – तपाइको आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च होला, शरीरमा
स्फूर्ति र उमङ्गको कमी आउला। झुटा आरोप प्रत्यारोप आइपर्दा समस्या आउला।
मिथुन - तपाई आज आज अतिथिका रूपमा सम्मान र स्वादिष्ट भोजन पनि
पाइएला। इच्छा र आकाङ्क्षा पूर्ण होलान। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज जीवनसाथीको
सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने र शुभकार्यको चर्चा हुने तथा मनमा हर्ष, उमङ्ग र उत्साह छाउने समय छ।
सिंह – तपाईको आज
अधुरा कार्यहरू सम्पन्न होलान। नयाँ कार्यको थालनी हुनेछ। व्यावसायिक काममा राम्रै
फड्को मार्न सकिने र आत्मिक सन्तुष्टि मिल्न सक्छ।
कन्या - कन्या राशीका तपाईको आज विचार पुर्याएर निर्णय लिनु राम्रो हुनेछ, मनमा
दोधारको अवस्था सिर्जना होला। दाम्पत्य जीवनमा एक किसिमको निरासता आउला।
तुला - तपाइलाई आज पुँजी बजार
तथा शेयर बजारबाट लाभ मिल्नेछ भने परिवारजनको साथले नयाँ आशा दिनेछ। काम देखाएर
अरूको मन लोभ्याउन पनि सकिएला।
वृश्चिक – तपाईको आज तीर्थाटनको योग रहेको छ, मित्रताको बन्धन कसिनुका
साथै दाम्पत्य सुखमा रमाउने र आफन्तसँग रमणीय र सुखद् यात्राको योग छ।
धनु – तपाइको आजको समय मनोरञ्जनमा सहभागिता भइने हुनाले निकै
उत्साहजनक रहको छ। समाजसेवामा मन जानेछ र रोकिएका अधुरा कामहरू पुरा होलान।
मकर - मकर राशीका तपाइको आज नयाँ
ठाउँमा लगानी गर्नु उपलब्धीमूलक नहुनाले पारिवारिक समस्या आइपर्न सक्छ। गरेको
काममा ढिलासुस्ती होला। आँटेको काममा बाधा आउला।
कुम्भ - कुम्भ
राशीका तपाइको आज ठूला व्यक्तिले
तपाईँको मेहनतको प्रशंसा गर्नेछन भने धर्मकर्म तथा समाजसेवा जस्ता कार्यमा मन जानेछ।
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।
मिन –
तपाइको आज कुनै
न कुनै कुराले मनमा शान्ति पनि छाउनेछ भने लामो समयदेखि रोकिएका अधुरा कार्यहरू
पुरा होलान। पारिवारिक सहयोग मिल्न सक्छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता