Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज फागुन २४ गते बुधबारको राशीफल।

आज नारी दिवस।

  •   ४ वर्ष अघि | २४ फाल्गुन २०७९, बुधबार

शुभ बिहानी, आज फागुन २४ गते चैत कृष्ण प्रतिपदा तिथी बुधबार। आज नारी दिवस। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको लागी आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ। प्रेममा सफलता मिल्नेछ। महिला वर्गबाट विशेष सहयोगको योग छ।

वृष – तपाईको आज अध्ययन क्षेत्र कमजोर हुनसक्छ। माया प्रेम तथा पति पत्नी बीचमा अन्य व्यक्तीको नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्नसक्ने देखिन्छ।

मिथुन - आज तपाई दानपुण्यका कार्यमा सहभागी हुनुहोला। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुन सक्छन र आत्मिक सन्तुष्टि पनि मिल्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुका लागी आज रचनात्मक कार्यबाट अरुको मनजित्न सकिनेछ भने नयाँ कार्य वा रोजगारको योजना बन्ने देखिन्छ। तपाइको कृषि क्षेत्रमा बढी प्रगति हुनेछ।

सिंह –तपाईको आज श्रमको उचित मूल्याङ्कन हुनेछ। शुभ कार्य, कर्तव्य तथा समाजसेवामा मन जानेछ। स्वास्थ्य र व्यवसायमा बढी सफलता मिल्नेछ।

कन्या –   आज तपाईको लाभहानी, सुखदुःख बराबरी मध्यम खालको समय छ भने मेहनतीहरूका लागि दिन फलदायी नै हुनेछ र शुभकार्यको पनि चर्चा चल्नेछ।

तुला – तपाइको आज परिवारजनसँग रमाइलो भेटघाट होला। प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा सामान्य सफलता मिल्ला र दक्षिणा पनि हात पर्न सक्ला।

वृश्चिक - तपाईको आजको आफन्तको प्रगतिमा मन रमाउन    सक्नेछ। त्यस्तै विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त होला। आर्थिक क्षेत्रमा सोचेजस्तो लाभ नमिल्ने योग छ।

धनु - आज तपाइको बन्धु बान्धवबाट सहयोग मिल्ने योग छ। राजनीतिक कार्यमा सफलता मिल्ला र सामाजिक कार्य पनि अघि बढ्नेछ। स्वास्थ्यमा केही मात्रामा सुधार आउला।

मकर - आज मकर राशीका तपाईहरुले सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने देखिन्छ। घरायसी व्यवहारबाट टाढै रहनुहोला। सवारी चलाउँदा सचेत बन्नु आवश्यक छ।

कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज आफन्त सँगको सम्बन्धमा मजबुती आउनेछ। सेवामूलक कामको थालनी हुनसक्ने योग छ भने शुभकार्यमा सरिक हुने योग पनि रहेको छ।

मिन - आज तपाईको आँटेको कार्यबाट सफलता मिल्नेछ। जोशजाँगर र हिम्मत पनि बढ्ने छ, तर खानपिन र स्वास्थ्य प्रति सजग रहनु होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप