शुभ बिहानी, आज २०८० साल भदौ ६ गते, साउन शुक्ल सप्तमी तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि
हुनेहरुको लागी आज छोटो दुरीको लाभदायक
यात्रा हुने, धनार्जन हुने र वैदेशिक कार्य अघि बढ्ने समय रहेको छ।
वृष – तपाइको आज आफन्तको प्रगतिमा मन रमाउला। आर्थिक क्षेत्रमा
सोचेजस्तै लाभ लिन सकिनेछ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिएला।
मिथुन - तपाईलाई
आज मित्र वा आफन्तको सहयोग मिल्नेछ। मिष्ठान्न
भोजन प्राप्ति हुनसक्छ। साथी भाइको भेटघाटले मन प्रफुल्ल बन्ला। बौद्धिकताको विकास
होला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज प्रेममा
मनमुटावका साथै मन कमजोर रहला। मालसामान हराउन सक्नेछ। हेलचेक्र्याइँले काममा
उल्टो परिणाम दिन सक्ने हुनाले सचेत
रहनु आवश्यक छ।
सिंह – तपाईको आज
विद्या र बुद्धिको विकास होला। नयाँनयाँ ज्ञान सिक्ने मौका पाइनेछ। कार्यसिद्धि
हुने अवसर आउनेछ। राजनैतिक कार्यमा सफलता हात पर्ला।
कन्या - कन्या राशीका तपाईको आज घरमा अतिथिको आगमन होला। नजिकको व्यक्तिको
सहयोगबाट कार्य पुरा होला। लाभदायक यात्रा हु सक्छ। नयाँ कार्यको थालनी हुनेछ।
तुला - तपाइको आज आफ्नै
दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ला।
व्यापार व्यवसायबाट लाभ पाइएला।
वृश्चिक – तपाईको आज लाभहानी, सुखदुःख
बरावारी रहला। नसोचेको ठाउँबाट धन हात पार्ला। विश्वासमा कमी आएता पनि विश्वास
गर्न जरूरी देखिन्छ।
धनु – तपाइको आज रोजगारको अवसर मिल्ला। राजनैतिक कार्यमा सफलता
मिल्नुका साथै बन्धु बान्धवबाट विशेष सहयोग पाइएला। पारिवारिक झमेला भने रही रहला।
मकर - मकर राशीका तपाइको आज कुनै
कुराले मनमा शान्ति छाउला। आफन्तसँग रमाइलो भेटघाट होला। मनोरञ्जनमा सहभागिता भइने
र प्रेममा मधुरता पनि छाउने देखिन्छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज महिला वा मित्रबाट
विशेष सहयोग पाइनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नुका साथै पठनपाठनमा प्रगति होला।
रमणीय र सुखद् यात्राको योग पनि रहेको छ।
मिन –
तपाइको आज कलहको
योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनु आवश्यक हुनेछ। आर्थिक
क्षेत्रमा पनि सङ्कट आउन सक्ला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता