Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक १ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | १ कार्तिक २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल कार्तिक १ गते, असोज शुक्ल चतुर्थी तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज वैदेशिक कार्य सम्पादन हुँदा लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन रहेको छ। ठुलो कारोबारमा लगानी नगर्दा राम्रो होला।

वृष – तपाइको आज व्यापारमा फाइदा मिल्नाले आत्मविश्वास र पराक्रममा वृद्धि होला। अचल सम्पत्ति हात पर्ने र आँटेको र ताकेको कार्य पुरा हुने योग छ।

मिथुन - तपाईको आज एउटै कामबाट दोहोरो लाभ होला।आफन्त सँग भेट घाट हुनेछ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। स्वादिष्ट भोजन पाइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज स्वास्थ्यको ख्याल गर्नु पर्नेछ, यात्रा सफल होला। परोपकार र समाजसेवा जस्ता कार्यमा मन जानेछ। अतिथिको रूपमा सत्कार पनि पाइएला।

सिंह – तपाईको आज साँझमा शुभ समाचार सुन्न पाइएला भने सरकारी निकायको भय रहनेछ। व्यवसायमा नोक्सानी हुनसक्छ। परिवारमा झैझमेलाको अवस्था आउला।

कन्या - कन्या राशीका तपाईको आज दाम्पत्य जीवन सुखमय रहला, सुन्दर पहिरनले व्यक्तित्वमा निखारता दिनेछ। आकस्मिक धन लाभ हुँदा जोशजाँगर र हिम्मत बढेर जानेछ।

तुला - तपाइलाई आज सामाजिक क्षेत्रमा सफलता र शुभ समाचार सुन्न पाइएला। वैदेशिक क्षेत्रको काम अघि बढ्ने र राज्यबाट मान सम्मान पाइने समय छ।

वृश्चिक – तपाईको आज पदोन्नतिको सम्भावना प्रबल रहेको छ भने नयाँ कार्यको थालनी पनि हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्लान। वित्तिय संस्थाबाट सहयोग पाइएला।

धनु – तपाइको आज दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न गरिएला, बन्न लागेको काम बिग्रिन सक्छ। प्रेममा बाधाका साथै मन कमजोर रहनेछ।

मकर - मकर राशीका तपाइको आज व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्ने तथा अरुलाई प्रभावित पारेर काम बन्नुका साथै मनोरञ्जनमा सहभागी भइने र पारिवारिक सद्भाव बढ्ने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज शुभकार्यको चर्चा हुनेछ, प्रेमीको सहयोग प्राप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने र न्यायिक कार्यमा सफलता मिल्नेछ वेला छ।

मिन – तपाइको आज कला र गलाको प्रभाव पनि बढ्नाले दाम, इनाम र प्रतिष्ठा कमाउने तथा शुभकार्यको चर्चा हुने र परिवारमा सुख सन्तोष छाउने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप