Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस ११ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | ११ पुस २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल पुस ११ गते, पुस कृष्ण प्रतिपदा तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज पारिवारिक सद्भाव बढ्नेछ। आकस्मिक धनलाभ होला। महिला वर्गबाट सहयोग पाइएला। कूटनीतिक नियोगको सहयोग पनि मिल्नेछ।

वृष – तपाइको आज वैदेशिक कार्य अघि बढेर जानेछ। शुभ समाचार सुन्न पाइने र मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। कला र गलाको प्रभाव बढ्ने देखिन्छ।

मिथुन - तपाईको आज लगनशीलताले कामहरू अगाडि बढ्लान। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न होला। सवारी साधनको खरिद बिक्री हुने योग रहको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज हरियो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग गर्नेछ। स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ने र सौन्दर्यतामा धन खर्च होला।  

सिंह – तपाईको आज पुनर्मिलनको योग रहेको छ। अरूलाई प्रभावित पारेर काम बन्न सक्छ। आयआर्जनका क्षेत्रमा सुधार आउला। नयाँ कार्यको प्रारम्भ होला।

कन्या – कन्या राशी हुनेहरुको आज परिवारमा सुख सन्तोष छाउला, रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। शुभकार्यको चर्चा होला। प्रेमीको सहयोग प्राप्त होला।

तुला - तपाइको आज मनोरञ्जनात्मक दिन हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नसक्छन। कला र गलाको प्रभाव बढेर जानेछ, विशिष्ट व्यक्तिबाट हौसला प्राप्त होला।

वृश्चिक – तपाईको आज अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिएला। गरेको कार्यमा अवरोध आउने र कतैकतै झैझमेलाको अवस्था आउन सक्छ।

धनु – तपाइको आज मालसामान हराउने सम्भावना रहेको छ भने नसोचेको ठाउँबाट धन हात पर्ला। धार्मिक तथा समाजसेवामा मन जानुका साथै शुभकार्यको चर्चा पनि हुनेछ।

मकर - मकर राशीका तपाइको आज सामाजिक क्षेत्रमा सफलता पाइनेछ। घरमा अतिथिको आगमन होला। बोलीको भरमा कार्य सम्पादन होला। आफन्तको प्रगतिमा मन रनाउला।

कुम्भ - कुम्भ राशीका तपाइको आज नयाँ कार्यको योजना बन्नेछ। न्यायिक कार्यमा सफलता पाइएला। आँटेको र ताकेको कार्य पुरा हुनेछ। आफन्तको प्रगतिमा मन रमाउला।

मिन – तपाइले आज प्रेमीको साथ पाउनुहुनेछ। आफन्त तथा अग्रजहरू सँग विवाद हुनसक्छ। स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्ने देखिन्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप